२०८२ बैशाख ९ गते सोमवार
२०८२ बैशाख ९ गते सोमवार

नेपालगञ्जबाट गएका डोल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु

डोल्पा, 
२४ जेठ । डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो। यहि जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो सममदेखि दमको रोगले पीडित थिए। पछि उनलाई होम आइसोलेसनमा राखिएको थियो।

होम आइसोलेसनमै रहेका उनको जेठ २० गते मृत्यु भयो । मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो। शनिबार आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनलाई उद्धृत गर्दै जगदुल्ला गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।

सुरक्षाका उपाय अपनाई उनको दाह्संस्कार गरेको भएपनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका गरिएको जैसीले बताए । गाँउपालिकाका सबै नाका सिल गरिएको र गाँउ सिल गरिएको गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।