२०७९ चैत्र १ गते बुधवार
२०७९ चैत्र १ गते बुधवार

भोलि आइतबारदेखि देशभरका मालपोत कार्यालय खुल्ने

काठमाडौं, 
२४ जेठ । बन्दाबन्दीका कारण बन्द रहेका देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने भएका छन् ।कोरोना रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका सबै मालपोत कार्यालय भोलि (आइतबार)देखि खोल्न भूमि व्यवस्था तथा अभिलेख विभागले पत्र पठाएको छ ।

झन्डै साढे २ महिनादेखि कार्यालय बन्द हुँदा मालपोत सम्बन्धी सम्पुर्ण काम ठप्प रहेका छन् ।

विभागले आइतबारदेखि कार्यालय प्रमुख र कर्मचारी अनिवार्य रुपमा उपस्थित हुनुपर्ने र सुरक्षाका उपाय अपनाएर आन्तरिक प्रशासनिक तथा अन्य अत्यावश्यक काम सुरु गर्न भनेको छ ।