२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

पहिरो जाँदा भालुवाङ–प्यूठान सडक खण्ड अवरुद्ध

दाङ,  
२४ जेठ । बर्षाका कारण पहिरो जाँदा दाङको भालुवाङदेखि प्यूठान जाने सडक खण्ड अवरुद्ध भएको छ ।

प्यूठानको सरुुमारानी गाउँपालिका वडा नं. ४ अँधेरी खोला नजिकै पहिरो गएका कारण सडक खण्ड अवरुद्ध भएको हो ।

पहिरो आज शनिवार विहान ४ बजे गएको र त्यसले सडक खण्ड पूर्ण रुपमा वन्द भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

पहिरो पञ्छाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

-फाइल फोटो