नेपालगञ्ज,
२४ जेठ । भेरी अस्पताल नेपालगञ्जले ४० जनामा कोरोना पुष्टि गरेको छ । अस्पतालले दिएको जानकारी अनुसार, कोरोना पुष्टि हुनेमा बाँकेका १२ जना र बर्दियाका २८ जना रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नंम्बर १ धम्बोझीकी ४१ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।अस्पतालले पुष्टि गरेका जिल्लाका अरु संक्रमितमा खजुराका आठ जना र बैजनाथ गाउँपालिकाका तीन जना छन् । खजुरा गाउँपालिकाको वडा नम्बर ४ का सात जना र एकजना वडा नम्बर ५ का छन् । बैजनाथ गाउँपालिकाको वडा नम्बर ६ का दुई जना र वडा नम्बर २ का एकजना रहेका छन् ।
भेरीमा शनिबार पुष्टि भएका २८ जना बर्दियाका छन् । बर्दियाको ११ जना गुलरिया, ५ जना बाँसगढी, तीन जना बढैया, चार जना मधुवन र ५ जना राजापुरका छन् ।