२०७९ फाल्गुन २९ गते सोमवार
२०७९ फाल्गुन २९ गते सोमवार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३३१५ पुग्यो

काठमाडौं, 
२४ जेठ । नेपालमा शनिबार ३२३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३२३ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार जानकारी दिए ।

नयाँ संक्रमित मध्ये २८६ जना पुरुष र ३७ महिला रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु पुष्टि भएको छ ।

हालसम्म अस्पताल भर्ना भएका मध्ये ३६५ जना डिस्चार्ज भएका छन् । २९९ जना पुरुष ६६ जना महिला कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका हुन् ।

पछिल्लो चौबिस घण्टामा ३२ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्ये २७ जना पुरुष र पाँच जना महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३३१५ पुगेको छ ।