काठमाण्डौं,
२४ जेठ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनगढी ४ की ५५ वर्षीया महिलाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको डायलासिस गर्ने क्रममा मृत्यु भएको र कोरोना परीक्षण गर्दा पाजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
मृतक महिलामा कोरोनाको कुनै सङ्केत नदेखिएको प्रवक्ता देवकोटाले बताएका छन् ।
-फाइल फोटो