२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कारागारमा खाना खाएर सुतेको अवस्थामै थुनुवाको मृत्यु

कपिलवस्तु, 
२४ जेठ । कपिलवस्तु कारागारमा कर्तव्य ज्यान मुद्दाका एक थुनुवाको मृत्यु भएको छ। मृत्यु हुनेमा यशोधरा गाउँपालिका–७ ईटवा गाउँका ५४ वर्षीय राम अधिन काहार रहेको कपिलवस्तु कारागारले जनाएको छ।

थुनुवाको काहार शनिबार बिहानको खाना खाएर सुतेको अवस्थामै मृत्यु भएको जेलर राकेश पाण्डेयले बताए। थुनुवा काहार कपिलवस्तु अस्पताल आउँदा मृत्यु भइसकेको अवस्थामा रहेको कपिलवस्तु अस्पतालले जनाएको छ।

मृतक काहारको शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको पाण्डेयले बताए। मृतक काहार २०७६ साल साउन २ गतेदेखि जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अन्र्तगत पुर्पक्षका लागि कपिलवस्तु कारागारमा थुनामा रहेका थिए।