२०७७ कार्तिक १५ गते शनिवार
२०७७ कार्तिक १५ गते शनिवार

कोरोना अस्पताल बेलझुण्डीबाट १० जना संक्रमित डिस्चार्ज

दाङ, 
२५ जेठ । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आइतबार १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बाँके नरैनापुरका ५, दाङका २, कपिलवस्तुका २ र बर्दियाका १ जना संक्रमितलाई डिस्चार्ज गरिएको अस्पतलाका सदस्य सचिव डा. सर्वेश शर्माले बताए ।

स्वास्थ्य मन्त्रालयको नयाँ कार्यविधिअनुसार १४ दिन आइसोलेसनमा बसेर लक्षण नदेखिएकालाई डिस्चार्ज गर्न सकिने भएकाले ५ जनालाई पुनः परीक्षण नगरी घर पठाइएको डा. शर्माले बताए ।

त्यस्तै ५ जनाको भने परीक्षणमा नेगेटिभ आएकाले डिस्चार्ज गरिएको उनले जानकारी दिए ।