२०७९ फाल्गुन ३० गते मङ्गलवार
२०७९ फाल्गुन ३० गते मङ्गलवार

सुनको भाउ प्रतितोला ८७ हजार ४ सय

काठमाण्डौं, 
२५ जेठ । सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ । चैत १० गतेदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको मूल्य सार्वजनिक गर्न बन्द गरेको थियो ।

तर आइतबार सार्वजनिक भएको मूल्यअनुसार तोलामा १० हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला ८७ हजार ४ सय पुगेको छ । चैत १० गते सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको मूल्य पनि ९ सय २५ रुपैयाँ प्रतितोला तोकिएको छ । चाँदी पनि २ सय ५ रुपैयाँ प्रतितोला महङ्गो भएको छ । जेठ १५ मा सार्वजनिक भएको बजेट अनुसार १० ग्राम सुनमा दुई हजार रुपैयाँ रुपैयाँ भन्सार बढेको छ ।

अमेरिकी डलरमा आएको उछाल र सरकारले बढाएको भन्सारले सुनको भाउ एक लाख रुपैयाँ प्रतितोला पुग्ने अनुमान छ।