रोल्पा,
२५ जेठ । ५ नम्बर प्रदेशको १२ जिल्ला मध्ये कोरोना संक्रमण नदेखिएको रोल्पामा आइतबार संक्रमण देखिएको छ । यससँगै ५ नम्बर प्रदेशका पुरै जिल्लामा कोरोना फैलिएको छ ।
आइतबार बाँकेको भेरी अस्पतालमा गरिएको कोरोना परिक्षणमा रोल्पाका दुई जनामा कोरोना पुष्टि भएको हो ।
रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नम्बर ५ का २७ र २० बर्षिय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।