२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

समाजवादीमा महन्थ, बाबुराम र उपेन्द्र गरी तीन अध्यक्ष

काठमाडौं, 
२५ जेठ । निर्वाचन आयोगमाा दल दर्ताका लागि समय घर्किन लाग्दा जनता समाजवादी पार्टीले वरियता विवाद मिलाएको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादीले एकता घोषणा गरेको डेढ महिनासम्म पनि वरियता नमिल्दा दल दर्ता हुन सकेको छैन । वैशाख १० गते एकीकरणको घोषणा गरेको पार्टीले वरियता विवाद आइतबार मिलाएको हो ।

महेन्द्रराय यादवका अनुसार महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको हो । पार्टी संसदीय दलको नेताको जिम्मेवारी भने राजेन्द्र महतोलाई दिने सहमति भएको छ ।

समाजवादी पार्टीले आजै दल दर्ताको तयारी गरेको छ । आयोगमा दल दर्ताको समय सकिन लाग्दा दुई दिन लामो छलफलपछि समाजवादीले वरियता विवाद मिलेको हो । बैठकले ५३ सदस्यीय कार्यकारी समिति अध्यक्षको जिम्मेवारी तीन नेतालाई दिएको हो । अध्यक्षलाई समान अधिकारसहित राख्नेसहमतिसमेत भएको छ । नेता अशोक राईलाई वरिष्ठ नेता बनाइएको छ ।

कार्यकारी समितिमा राजपाको तर्फबाट २७ र समाजवादीको तर्फबाट २६ जना रहने सहमति भएको छ ।