रुकुम,
२५ जेठ । रुकुम पश्चिममा आफ्नै घरको आँगनबाट लडेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका– ९, घोर्नेटीका तुलबहादुर खड्काका तीन वर्षीय छोरा वंश खड्को लडेर मृत्यु भएको हो ।
शनिबार दिउँसो आँगनबाट लडेर करिब एक सय ५० मिटर तल पुगेका बालक बेहोस अवस्थामा फेला परेका थिए । सदरमुकाम मुसिकोट– ५, बागबजारको एक निजी पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बालकको बाटोमा नै मृत्यु भएको हो ।
आमा घरभित्र काम गरिरहेको वेला आँगनमा खेलिरहेका बालक भिरबाट लडेको बताइएको छ ।