काठमाडौं,
२५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाको सरुवा भएको छ ।
प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमलाई दिइएको छ । अहिलेका प्रवक्ता डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ ।
नयाँ प्रवक्ता तोकिएका डा। गौतम गत बिहीबार मात्रै मन्त्रालयमा सरुवा भएका हुन् । जिम्मेवारी हेरफेर भएको जानकारी प्रवक्ता देवकोटाले लाइभमार्फत दिएका थिए ।
प्रवक्ताको जिम्मेवारीबाट बाहिरिएपछि बोल्दै डा। देवकोटाले ७६ दिनसम्म कोरोनाको सूचना लिएर अपडेटमा आएको बताउँदै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
त्यसअघि उनी परोपकार प्रसुती गृहका निर्देशक थिए ।