२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

जैविक विविधता संरक्षणमा सरोकारवालाको भुमिका महत्वपुर्ण

दाङ, 
२५ जेठ । वन वातारण तथा जैविक विविधता संरक्षणमा सरोकारवालाको भुमिका महत्वपुर्ण रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

फुर्केसल्ली मलई मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण अभियानको संयुक्त आयोजना तथा तराई भुपरिधि कार्यक्रम (TALL) को सहयोगमा बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत दाङको मध्यबर्ती क्षेत्र दंगीशरण गाउँपालिका वडा नं. १ ठाँटीमा संञ्चालित बन वातारण तथा जैविक विविधता संरक्षणमा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन ।

फुर्केसल्ली मलई मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष गम्मर बहादुर घर्तीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले बन वातातरण तथा जैविक विविधता संरक्षण गर्नु सवैको दायित्व भएकाले संरक्षण गर्न आआफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि दंगिशरण १ का वडा अध्यक्ष श्रीप्रसाद चौधरीले बन वातावरण विना मानव जिवनको अस्तित्व नभएकाले संरक्षण गर्न स्थानिय सरकार पनि अगाडि बढेको बताए ।

निकुञ्जसंग समन्वय गरेर बन वातातरण तथा जैविक विविधता संरक्षणमा अगाडि बढ्ने प्रतिबद्धता वडा अध्यक्ष चौधरीले जनाए । निकुञ्जका वन्यजन्तु प्रभावित स्थानियलाई बैज्ञानिक कृषि प्रणाली बैकल्पिक खेतीको पहल गर्ने बताए । यस्तै वडा नं ५ का वडा अध्यक्ष दिपक गौतमले बन वातारण तथा जैविक विविधता संरक्षण गर्नु सवै सरोवालाको भुमिका भएकाले जैविक विविधतामा असर पर्ने कुनै काम नगर्न आग्रह गरे ।

निकुञ्ज प्रभावित मध्यबर्तीमा एेलानी जग्गामा बसोबास गर्ने स्थानियले लगाएको अन्नबाली बन्यजन्तुले क्षति पुर्याउने र कुनै क्षति पुर्ति नपाएको जानकारी पाएकाले यसको समाधानमा गाउँपालिकाले पहल गर्ने बताए । आफु दंगिशरण गाउँपालिकाको विपद व्यवस्थापनको संयोजक भएकाले राहतका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बाँके राष्ट्रिय निकुञ्ज ठाँटी पोष्टका सिनियर गेम स्काउट हरी काफ्ले निकुञ्जले मात्र नभएर बन वातावरण तथा जैविक विविधता संरक्षण गर्न स्थानियबासी र स्थानिय सरकार पनि सहयोग गर्नु पर्ने बताए । सवैसंग समन्वय गरेर बन वातावरण तथा जैविक विविधता संरक्षण निकुञ्ज अगाडि बढ्ने बताए ।

कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ ठाँटी पोष्टका सहसेनानी सुकलाल थारू, देउती मावि तल्लो मलईका प्रधानाध्यापक डम्वर चन्द, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलराज घर्ति, देउती मध्यबर्ती सामुदायिक बन मलई माझगाउँका अध्यक्ष खुमानन्द खत्री, आमखोली मध्यबर्ती सामुदायिक बनका अध्यक्ष झुप वहादुर खड्का, बराहदेव मध्यबर्ती सामुदायिक बन अध्यक्ष भुपाल बुढा, चोरी सिकारी नियन्त्रण उपसमिति संयोजक आशाराम वली, प्रावि ठाँटीका शिक्षक रण बहादुर रोका लगायत आफ्नो धारणा राखेका थिए ।

फुर्केसल्ली मलई मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका सचिव हरी प्रसाद कक्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण प्रेम पुनले गरेका थिए ।