२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

विपन्न कृषकलाई तरकारीको विउविजन वितरण

बबई, 
२५ जेठ । दलित सेवा संघ दाङले बबई गाउँपालिका विभिन्न स्थानका विपन्न परिवारका कृषकलाई तरकारीको विउविजन वितरण गरेको छ ।

विभेदमा पारिएका समुदायको जिविकोपार्जनमा सुधार कार्यक्रम अन्तर्गत बबई गाउँपालिकाको हापुरे, पुर्व हापुरे, खयरभट्टी, हस्तनापुर, झारगजेरी लगायतका विभिन्न स्थानका दलित, जनजाति, मुक्त कमैयालगायत विभिन्न विपन्न परिवारलाई तरकारीको विउविजन वितरण गरिएको हो ।

सिमि, बोरी, करेला, भान्टा, काक्रा लगायत १२ प्रकार तरकारीको विउविजन वितरण गरिएको दलित सेवा संघ सामाजिक परिचालन अधिकृत छबि परियार जानकारी दिए ।

उनका अनुसार दाङका साविक पञ्चकुले, पुरन्धारा, फुलवारी गाविस लगायत सल्यानका वनगाड कुपन्डे, कालिमाटी, शारदा नगरपालिकामा पनि सन २०१७ देखि यो कार्यक्रम सञ्चालन भइरहेको छ ।