२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

सल्यानमा काठ चिर्ने फलामले हानेर श्रीमानको हत्या

सल्यान, 
२६ जेठ । सल्यानमा आफ्नै श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ६ भुम्केज्युलाकी ३६ वर्षिया एक महिलाले ३८ वर्षिय श्रीमान डिल्ली बहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आइतबार राती साढे ८ बजेतिर श्रीमतीले घरमा काठ चिर्ने फलामले हानेपछि गम्भीर घाईते भएका घर्तीको सल्यान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्यामा आरोपमा श्रीमतीलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालय लुहाममा राखिएको छ । आज मृतकको शव पोष्टमार्टम गरीने बताईएको छ ।