महोत्तरी,
२६ जेठ । महोत्तरीमा शनिवार क्वारेन्टिनबाट घर फर्केका एक जनाको पुरूषको मृत्यु भएको छ।
गत जेठ ६ गते भारतको हरियाणाबाट महोत्तरी आइपुगेका उनी महोत्तरीको गौशाला नगरपालिकामा रहेको क्वारेन्टिनमा लगभग १८ दिन बसेका थिए।
भारतबाट फर्केका उनीलगायत २६ जनाको पिसिआर परीक्षण गर्दा मृतक पुरुषसहित २० जनाको रिपोर्ट नेगेटिभ र तीन जनाको रिपोर्ट पोजेटिभ आएको नगर प्रमुख शिवनाथ महतोले जानकारी दिए।