२०७८ असार ६ गते आइतवार
२०७८ असार ६ गते आइतवार

अर्घाखाँचीमा एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि

सन्धिखर्क, 
२६ जेठ । अर्घाखाँचीमा सोमबार एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु कुन ठाउँको क्वारेन्टाइनमा बसेका भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।