२०८१ कार्तिक १८ गते आइतवार
२०८१ कार्तिक १८ गते आइतवार

आयस्तर बृद्धिका लागि उन्नत तथा लोकल कुखुरा वितरण

देउखुरी,
२६ जेठ । गरिव विपन्न, जनजाति, दलित पिछडिएका वर्गका लागि राप्तीको पशुसेवा शाखाले आयस्तर बृद्धिमा सहयोग पुर्याउने उद्देश्यका साथ उन्नत तथा लोकल कुखुरा वितरण गरेको छ ।

वडा नं १ देखी ८ सम्मका ६ सय ४० परिवारलाई अष्टोलोप र न्युहेम्सार जातका कुखुरा वितरण गरिएको राप्ती गाउँपालिका पशुसेवा शाखाका पशु सेवा प्राविधिक शेर बहादुर हमालले जानकारी दिएका छन् । प्रति किसान ५ वटाका दरले वितरण गरिएको कुखुरा वडा नं १ देखी क्रमश ८ वडा सम्म १२०, ८०, ७०, ७०, ८०, ७०, ८०, ७० घर परिवारलाई वितरण गरिएको छ ।

मासु र अण्डाको लागि राम्रो मानिने अष्टोलोप र न्युहेम्सार जातका कुखुराको पालनले गरिव विपन्न, जनजाति, दलित पिछडिएका वर्गको राम्रो आम्दानीको श्रोत बन्न सक्ने उदेश्यका साथ कुखुरा वितरण गरिएको हो । १० हजार बढि घरधुरी रहेको राप्ती गाउँपालिकामा यस आर्थिक वर्षमा प्रतक्ष तथा अप्रत्यक्ष रुपमा सबै घरमा सेवा पुग्ने गरि कार्य गरिएको र प्रत्यक्ष लाभान्वित कृषकहरुको संख्या समेत उल्लेख्य रहेको पशुसेवा शाखाका पशु सेवा प्राविधिक शेर बहादुर हमालले जानकारी दिनु भएको छ ।

यस्तै गरी सोमबारनै राप्ती गाउँपालिका अन्तरगत मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरगत राप्तीको वडा नं ५ को भुल्के गाउँका सबै घरपरिवार ३२ घरपरिवारलाई समेत उन्नत जातको कुखुरा वितरण गरिएको छ । भुल्के गाउँलाई लोकल कुखुराको हव को रुपमा विकास गर्ने उदेश्य तथा गरिवी न्युनिकरणमा सहयोग पुर्याउन प्रतिघर १३ वटाको हिसावले कुखुरा वितरण गरिएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सहजकर्ता टिका बस्नेतले जानकारी दिए ।

३२ घरलाई १३ वटाको दरले स्थानिय लोकल कुखुरा, रोग विरुद्ध औषधि, दाना खुवाउने भाँडा समेत वितरण गरिएको हो । लोकल कुखुरा र दाना खुवाउने भाँडा वितरणमा वडा अध्यक्ष गोवर्धन रावत, प्रशासन प्रमुख विकास ज्ञवाली, सहजकर्ता टिका बस्नेत, पशु सेवा प्राविधिक शेर बहादुर हमाल, पशु स्वास्थ्य प्राविधिक कमल पुन तथा सुवास भट्टराई लगायतको समाजिक दुरी कायम गर्दै सहभागीता रहेको थियो ।