बबई,
२६ जेठ । बबई गाउँपालिकाको कोरोना राहत विपद तथा क्वारेन्टिन व्यवस्थापनको लागि लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापीत लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड हापुरेले आर्थिक सहयोग गरेको छ ।
बबई गाउँपालिका वडा नं. ४ स्थीत लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सितापुरका शाखा प्रबन्ध सबिन डाँगीले बबई गाउँपालिकाका उपाध्यक्ष सावित्रा विकलाई १० हजारको चेक हस्तान्तरण गरेका हुन ।
यस अघि संस्थाले सातवटै प्रदेश लाई २/२ लाखको दरले रु १४ लाख सहयोग गरी सकेको छ भने ७२ वटा शाखा कार्यालय रहेको स्थानिय कार्यालय मार्फत थप ७ लाख गरी देश भरी २१ लाख सहयोग हुने संस्थाले जनाएको छ ।
शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत केहि भए पनि कोरोना विरुद्धको लडाईमा एेक्यबद्धता जनाउन पाएकोमा निकै खुशी लागेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयका शाखा प्रबन्धक सबिन डाँगीले जनाएका छन ।
साथै शाखा कार्यालय अन्तर्गत आफ्नो ग्राहक सदस्यहरुलाई सुरक्षित रहन र आगामी असार मसान्तसम्म व्याज दर घटेको हुँदा जति सकिन्छ किस्ता जम्मा गर्न समेत संस्थाले आग्रह गरेको छ ।