२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

जागिरबाट हटाएको आक्रोशमा शरीरमा आगो लगाएर आत्महत्या

अछाम, 
२६ जेठ । अछाम जिल्लाको बयालपाटा अस्पताल जागिरबाट हटाएको आक्रोशमा आफ्नै शरीरमा आगो लगाएका कर्मचारीको उपचारको क्रममा मृत्यु भएको छ।

अछाम बयलपाटा अस्पतालबाट निकालेपछि शरीरमा पेट्रोल छर्केर सख्त घाईते भएका साँफेबगर नगरपालिका(६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो।

आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए। उनी दुई वर्षदेखि बयलपाटा अस्पतालमा सरसफाई कर्मचारीको रुपमा कार्यरत थिए।

विहान बेलुकाको छाक टार्नसमेत धौंधौं भएको भन्दै पेट्रोल छर्केका थिए। अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो।