२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

प्रदेश ५ मा संक्रमितको संख्या ११ सय १७ पुग्यो

बुटवल, 
२६ जेठ । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या एक हजार १ सय १७ पुगेको छ । सोमबार मात्रै प्रदेशमा ९५ जना नयाँ संक्रमित थपिएका छन् ।

जसमा अर्घाखाँचीमा मात्रै ३१ जना थपिएका हुन् । कोरोनाका कारण प्रदेशमा ५ जनाको मृत्यु भएको छ । ४ जनाको चिन्ताजनक छ । उनीहरुको आईसीयूमा उपचार भइरहेको छ । प्रदेशका १२ वटै जिल्लाहरुमा कोरोना फैलिएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै कपिलवस्तुमा संक्रमण देखिएको छ । सोमबार साँझसम्म त्यहाँ ५ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा २ सय ७१ र रुपन्देहीमा १ सय ३७ जनामा संक्रमण देखिएको छ ।

दाडमा ८०, बर्दियामा ६०,अर्घाखाँचीमा ३६, नवलपरासी पश्चिममा २१, प्युठानमा १२, पाल्पामा ९, गुल्मीमा ७, रोल्पामा र रुकुमपूर्वमा ३ र ३ जनामा कोरोना पेजिटिभ देखिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार यहाँ अहिलेसम्म २३ हजार एक सय ३३ वटा स्वाब संकलन गरिएको छ । त्यसमध्ये ५ हजार ८ सय ७६ जनाको नतिजा आउन बाँकी छ ।

प्रदेशमा ३ वटा प्रयोगशाला छन् । जसमा दाडको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ हजार ६ सय ७५ वटा स्वाब परीक्षणको पर्खाइमा छन् । रुपन्देहीमा रहेको प्रदेश प्रयोगशालामा एक हजार ३ सय ९२ र भेरी अस्पतालमा ७ सय ७ वटा स्वाब परीक्षण हुन बाँकी छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि १ हजार १ सय २ स्वाब पठाइएको खबर कान्तिपुरमा प्रकाशित छ ।