२०७८ असोज ३ गते आइतवार
२०७८ असोज ३ गते आइतवार

बिहानै थपिए २४ जना कोरोना संक्रमित

पोखरा, 
२७ जेठ । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्तिमार्फत थप २४ जनामा संक्रमण देखिएको जानकारी दिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पीसीआर परीक्षणमा थप संक्रमण पुष्टि भएको हो । संक्रमित सबै पुरुष र १८ देखि ४९ वर्ष उमेर समूहका रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ । यसमध्ये ४ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।