२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

रुपन्देही मैनहवाको भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या

बुटवल, 
२७ जेठ । रुपन्देहीको तिलोत्तमा १० कान्छीबजारमा ५ जनाको हत्या भएको छ। कान्छीबजारको मैनहवा स्थीत भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको स्थानीय प्रदीप थापाले जानकारी दिए।

स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरि फरार भएको थापाले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरी छन् । उनीहरुमध्ये माधव र जानकी श्रीमान–श्रीमती भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान जारी छ ।

गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा फेला परेको थियो ।