तुलसीपुर,
२७ जेठ । रुकुम पश्चिममा भएको जातिय नरसंहार घटनाको बिरुद्धमा संयुक्त दलित युवा अभियानलेतुलसीपुरमा बिरोध र्याली गरेको छ ।
विरोध र्याली तुलसीपुरको मदन आशृत चोकबाट सुरु भै बजार परिक्रमा गरी बिपि चोकमा गएर कोण सभामा परिणत भएको थियो। अभियानका संयोजक खेमराज बिकको अध्यक्षतामा भएको कोण सभामा सह संयोजक शेर बहादुर परियारले सरकारले आन्दोलनलाइ सम्बोधन गर्न नसकेको, छानबिनको प्रक्रियामा कन्जुस्याइँ गरेकोले दलित युवा सडकमा आउनुपरेको र घटनालाई दबाउन खोजेको बताएमा थिए ।
संयोजक खेमराज बिकले दलितको श्रम र सिपले चलेको यो देशमा आज जतिय नरसंहार घटना बेहोर्नु पर्ने दुःखद भएको र घटनाको सत्यतथ्य छानबिन हुन नसके आन्दोलन निरन्तर चलिरहने र युवाहरु चुपचाप नबस्ने बताएका थिए ।
कोणसभाको संचालन मेघराज सोनिले गरेका थिए ।