कोहलपुर,
२७ जेठ । नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल क्षेत्र सिल गरीएको छ ।
सोमबार अछामबाट उपचारका लागि कोहलपुर ल्याईएकी एक महिलामा कोरोना संक्रमण देखिएको हो ।आन्द्रामा समस्या देखिएपछि उनलाई हेलिकप्टरमार्फत उपचारका लागि कोहलपुर ल्याईएको थियो ।
कोहलपुरमा उपचार गराईरहेकी ति महिलाको कोरोना परिक्षण गर्दा संक्रमण देखिएको अस्पतालका उप निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए । बिरामीमा संक्रमण देखिएपछि बिरामीको उपचारमा संलग्न डक्टर, नर्स र सहयोगी सहित १४ जनालाई क्वारेन्टाईनमा राखीएको र अस्पताललाई पूर्ण रुपमा सेनिटाईज नगर्दासम्म सिल गरीएको डा. श्रेष्ठले बताए ।
१८ हप्ताको सुत्केरी समेत रहेकी ति महिलाको आन्द्रा गुजल्टीएको अवस्थामा रहेकाले अप्रेशनको तयारी गरीएको डा. श्रेष्ठले जानकारी दिएका छन ।
ति महिलासँगै कोहलपुर ल्याईएका अर्का एक ब्यक्तिको सोमबार नै मृत्यु भएको थियो ।