२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

एम्बुलेन्स दुर्घटना हुँदा ५ जना कोरोना सङ्क्रमित घाइते

अर्घाखाँची, 
२७ जेठ । अर्घाखाँचीमा कोरोना सङ्क्रमितलाई आइसोलेसनमा लिएर आउँदै गरेको एम्बुलेन्स गए राति दुर्घटना हुँदा पाँच जना कोरोना सङ्क्रमित घाइते भएका छन् ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वरेण्टीनबाट कोरोना सङ्क्रमित लिएर हटारीनेटा आइसोलेसनमा आँउदै गर्दा खाँचिकोटमा लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

घाइते पाँचै जनाको सन्धिखर्क हटारीनेटाको आइसोलेसन कक्षमा राखी उपचार भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।