२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

चितवनका कोरोना संक्रमित पुरुषको मृत्यु, मृतकको संख्या १५

चितवन, 
२७ जेठ । चितवनमा उपचाररत रहेका कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८ बर्सिय पुरुषको मृत्यु भएको हो।

उनलाई नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएको थियो । मंगलबार बिहान ७ बजेर ६ मिनेटमा उनको मृत्युु भएको अस्पतालले जानकारी दिएको छ।

उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ ।

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।