२०७८ कार्तिक ४ गते बिहिवार
२०७८ कार्तिक ४ गते बिहिवार

सोमबारदेखि बेपत्ता शान्तिनगरका नबिन भण्डारी मृत फेला

दाङ, 
२७ जेठ । बेपत्ता भएका एक युवक मृत फेला परेका छन् । पश्चिम दाङको शान्तीनगर गाउँपालिका वडा नम्वर ४ एकली बस्ने ३० बर्षिय युवक नविन भण्डारी मंगलवार विहान मृत फेला परेको प्रहरीले बताएको छ । सोमवार विहान घरबाट निस्किएका युवक सम्पर्क विहिन भएपछि उनको खोजी कार्य भएको थियो ।

खोजी गर्ने क्रममा तुलसीपुर १ रातापहिरो भन्ने स्थानमा मृत फेला परेको प्रहरीको भनाई छ । उनको शवलाई पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखीएको प्रहरीले बताएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाईएको छ ।