२०७७ मङ्सिर १७ गते बुधवार
२०७७ मङ्सिर १७ गते बुधवार

पक्राउ परेका व्यक्तिद्वारा फरुवाले हानेर हत्या गरेको स्विकार

रुपन्देही,  
२७ जेठ । रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेको प्रहरीले जनाएको छ ।

गएराति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको हो ।

घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । यसरी नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरीले दाबी गरेको छ ।

सुरुमा उनले संलग्नता स्विकार नगरेपनि सोधपुछ गर्दै जाँदा फरुवाले हानेर हत्या गरेको बताएको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए ।