दाङ,
२७ जेठ । दाङमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. ४ सवारीकोटका २१, २३, २६, ३२, ३६ र ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
उनीहरु सवै भारतको गोरखपुर, दिल्ली र मुम्वैबाट आएका हुन । उनीहरुलाई आधारभूत विद्यालय सवारीकोट र सवारीकोट खानेपानी भवनको क्वारेन्टाइनमा राखिएको छ ।
यो संगै दाङमा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ ।