तुलसीपुर,
२७ जेठ । बलात्कार गर्न खोजेको आरोपमा तुलसीपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–५ सलौरा निबासी २४ बर्षका हेमराज केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका एक प्रहरी अधिकारीले जानकारी दिए । ओरापीलाई प्रहरीले गएराति पक्राउ गरेको थियो ।
पसलबाट घरजाँदै गर्दा आरोपीले एक महिलाई बलात्कारको प्रयास गरेका थिए । पक्राउ परेका युवक विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले घटनाको सम्बन्धमा अनुसन्धान भईरहेकाले विस्तृत रुपमा बुझेर मात्रै घटनाको बिषमया भन्न सकिने बताए ।