२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

अष्ट्रोलोप र न्यु हेम्पसायर जातका कुखुराको चल्ला वितरण

दाङ, 
२७ जेठ । राप्ती गाउँपालिकामा स्थानीय कुखुरा पालन समूहहरुलाई अष्ट्रोलोप र न्यु हेम्पशायर जातका कुखुराको चल्ला वितरण गरिएको छ ।

वडा २, ३, ४, ५, ७, ८ र ९ का कृषक समुहमा अबद्ध भई राप्ती गाउँपालिकामा दर्ता भई भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको कार्यक्रममा छनौटमा परेका कृषक हरुलाई कुखुराको चल्ला वितरण गरिएको शाखा प्रमुख राज बिक्रम चौधरीले जानकारी दिए ।

३० जना रहेको समुहमा १५०० चल्ला प्रति सदस्य ५० गोटाका दरले निःशुल्क बितरण गरिएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको को सहयोग र राप्ती गाउँपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखा ब्यवस्थापनमा चल्ला वितरण गरिएको शाखा प्रमुख राज बिक्रम चौधरीले बताए

चल्ला वितरण गर्दा कोरोना संक्रमणबाट जोगीन सामाजिक दुरी कायम गरिएको थियो ।