२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बालिकामाथी यौन दुर्व्यवहार आरोपमा ४० वर्षिय पुरुष पक्राउ

कोहलपुर, 
२७ जेठ । बालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा कोहलपुरका एक ब्यक्ति पक्राउ परेका छन । स्थानिय एक बालिकालाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि कोहलपुर वडा नं. ६ का ४० वर्षिय पुरुषलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

बालिकाको परिवारले दिएको उजुरीका आधारमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिए ।