२०७७ माघ १५ गते बिहिवार
२०७७ माघ १५ गते बिहिवार

बाबुद्वारा १७ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या

बुटवल, 
२८ जेठ । रुपन्देहीको कञ्चन गाउँपालिकामा बाबुले आफ्नै छोराको हत्या गरेका छन्।

गाउँपालिका वडा नम्बर १ कुचेराका ४९ वर्षीय रिम बहादुर कुमालले आफ्ना १७ वर्षीय छोरा सुदिप कुमालको बन्चरो प्रहार गरी हत्या गरेको वडा नम्बर १ का सचिव बिर्ख बहादुर पुलामीले जानकारी दिए।

मंगलबार राती काकाको घरको छतमा सुतेका सुदिपलाई राती १ बजेतिर छतमै गई हत्या गरेको पुलामीले बताए।

बन्चरो प्रहार बाट टाउको र मुखमा गम्भीर चोट लागेका सुदिपको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो। हत्यामा संलग्न रिम बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।