२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

५० यात्रु बोकेर क्वारेन्टाइन जाँदै गरेको टिपर कर्णालीमा खस्यो

कालिकोट, 
२८ जेठ । कालिकोटमा करिब ५० जना यात्रु बोकेको टिपर कर्णालीमा खसेको छ । टिपरले फर्किएकाहरुलाई भारतबाट आएकाहरु क्वारेन्टाइनमा लैजाँदै थियो ।

जिते बजारबाट यात्रु लिएर हिडेको टिपरले उनीहरुलाई रास्टकोट नगरपालिकाको क्वारेन्टाएनमा लाँदै थियो। कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको स्थानीय व्यापारी दिलबहादुर शाहीले जानकारी दिए ।

टिपरमा करिब ५० जना यात्रु रहेको शाहीले बताए। उनका अनुसार केही यात्रु हाम फालेर नदीमा खसेका थिए । उनीहरुलाई नदीबाट निकालिएको छ । करिब ३० भन्दा हराइरहेको अनुमान गरिएको छ । प्रहरी घटनास्थलतर्फ गइरहेको छ । दुर्घटनाको बिस्तृत विवरण आइसकेको छैन्।

-फाइल फोटो