२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

टिप्पर दुर्घटना : ३१ जनाको उद्धार, २ को मृत्यु, ६ जना वेपत्ता

सुर्खेत, 
२८ जेठ । कालिकोटमा भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यस्तै ६ जना वेपत्ता भएका छन् । बुधबार बिहान भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर लालीघाटको भीरबाट कर्णाली नदीमा खसेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ३९ जना यात्रु बोकेर टिप्पर रास्कोटतर्फ जाँदै थियो । दुर्घटनामा नदीमा बगेका ३१ जनालाई जीवितै उद्धार गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

यस्तै दुई जनाको शव भेटिएको र बाँकी ६ वेपत्ता भएको र खोजी भइरहेको बताइएको छ मन्त्रालयले जनाएको छ । । यस्तै घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए ।

उद्धार गरिएक मध्ये चार जना गम्भीर घाइते छन् । यसैबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा भएको दुर्घटनाले दुखिदु तुल्याएको भन्दै मुख्यमन्त्री शाहीले घाइतेको उपचार र वेपत्ताको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।

-फाइल फोटो