२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

तुलसीपुर उपमहानगरको नगरसभामा स्वास्थ्य सुरक्षाको बेवास्ता

दाङ, 
२८ जेठ । तुलसीपुर उपमहानगरपालिकाको छैठौं नगरसभा बुधबार बसेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा शुरु भएको नगरसभामा कोरोना भाईरस संक्रमणको सर्तकता नपनाईएको भन्दै जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । मास्क र सेनिटाईजरको भरमा नगरसभा शुरु गरिएको वडा नम्वर ५ का सदस्य सुरेशकुमार श्रेष्ठले गुनासो गरे ।

‘नगरसभा सम्पन्न गर्नुपर्छ, तर स्वास्थ्य सुरक्षा सर्तकता तर्फ उपमहानगरपालिकाको नगरसभामा तयारी भएको देखिएन’, वडा सदस्य श्रेष्ठको भनाई छ । कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन सबैभन्दा मह्त्वपूर्ण भनेकै सामाजिक दुरी कायम गर्नु हो, त्यसलाई पूर्णरुपमा बेवास्ता गरिएको छ । त्यसकारण पनि असुरक्षित महसुस भयो, धेरै समय नगरसभामा भाग लिन सक्ने अवस्था नदेखिएपछि बाहिरीए’ वडा सदस्य श्रेष्ठले बताए ।

‘संघीय संसद, प्रदेश सभा लगायत देशका बिभिन्न कार्यक्रममा सामाजिक दुरीलाई कायम गरी सभा, सम्मेलन र बैठक सम्पन्न भएका खबर सार्वजनिक भईरहदा संबेदनशील समय र संबदेनशील स्थानमा सामाजिक दुरीलाई ध्यान नदिनु कस्तो लपारबाही हो ?’, तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको गुनासो छ ।

बुधबारको नगरसभामा लेखा समितिका संयोजक राजु आचार्यले महालेखा परिक्षणको प्रतिबेदन प्रस्तुत र छलफल र पारितका लागि प्रस्तुत गरेका थिए ।