२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोना जितेर दाङमा थप ७ जना घर फर्किए

दाङ  
२८ जेठ। दाङका थप सात जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार गराइ रहेका लमही नगरपालिका र घोराही उपमहानगरपालिकाका सात जना कोरोना संक्रमित निको भएका हुन् । निको हुनेमा छ जना पुरुष र एकजना महिला रहेका छन् ।

जेठ १४ गते संक्रमण पुष्टि भएका उनिहरु मंगलवार डिस्चार्ज भएका हुन् । अस्पतालमा १४ दिन बसेका उनिहरुको रिर्पोट नेगेटीभ आएपछि डिस्चार्ज गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक हेस्थ असिस्टेण्ट दोर्णबहादुर वलीले जानकारी दिए ।

यस्तै कोरोना जितेर घर फर्किनेहरुमा लमही नगरपालिका वडा नम्बर १ र ४ का २६ वर्षका दुई पुरुष, वडा नम्बर ५ का २२ वर्षिय महिला र वडा नम्बर ६ का १८ वर्षिय पुरुष र घोराही उपमहानगरपालिका वडा नम्बर १८ का २४ र २५ वर्षका दुई पुरुष, वडा नम्बर १० का ४० वर्षिय एक पुरुष रहेका छन् । यससंगै कोरोना विशेष अस्पताल बेझुण्डीमा उपचारत ३२ जना डिस्चार्ज भएका छन्, भने अस्पतालमा अहिले ३७ जनाको उपचार भइरहेको छ ।