२०७९ मङ्सिर २ गते शुक्रवार
२०७९ मङ्सिर २ गते शुक्रवार

ट्राफिक प्रहरी कार्यालयमा ३ बेडको क्वारेन्टाइन

घोराही,  
२८ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा क्वारेन्टाइन स्थापना गरिएको छ । कार्यालयको भवनमा रहेको जुनियर प्रहरी अधिकृतको कार्य कक्षमा बुधवार ३ बेडको क्वारेन्टाइन स्थापना गरिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको समय फ्रन्टलाइनमा खट्ने सुरक्षाकर्मीहरु उच्च जोखिममा रहने भएकाले जोखिमको आशंका लागेमा राख्नका लागि क्वारेन्टाइन निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेम रेग्मीले जानकारी दिएका छन् ।

त्यसका साथै कार्यरत प्रहरी कर्मचारीहरु संक्रमित भएमा तत्कालै अलग राख्नको लागी उक्त क्वारेन्टाइन निर्माण गरिएको बताइएको उनले बताए । ट्राफिक प्रहरीले घोराही उपमहानगरपालिकाको सहयोगमा उक्त क्वारेन्टाइन निर्माण गरेको हो ।