२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

ग्वारखोलामा अख्तियारको अनुगमन र उपमहानगरमा छापा

तुलसीपुर, 
२८ जेठ । अख्तियारको टोलीले ग्वारखोलामा अनुगमन गरेको छ । मापदण्ड विपरित ग्वारखोलामा ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन् भइरेहेको भन्ने जानकारीका आधारमा उनुगमण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंज सम्पर्क कार्यालयका प्रमुख गणेस गैरेले जानकारी दिए ।

जिल्ला समन्वय समित दाङले ग्वारखोलामा अनुगमण गरेको भोलीपल्ट अख्तियारको टोलीले अनुगमण गरेको हो । जिल्ला समन्वय समितिले सोमबार अनुगमण गरेको थियो ।

यसैविच अख्तियारको टोलीले तुलसीपुर उपमहागनरपालिकाको राजश्व तथा प्रशासन शाखाबाट आईइइ रिपोर्ट समेत लगेको छ ।
तुलसीपुर उपमहानगरपालिकाले ग्वारखोलाका विभिन्न ९ स्थानमा आईइइ गरेर ढुङ्गाजन्य वस्तु उत्खनन्का लागि अनुमति दिएको राजश्व तथा प्रशासन शाखा प्रमुख ललित घर्तीले जानकारी दिए ।

‘आईइइ गरेर मात्र ग्वारखोलामा ९ ठाउँमा उत्खनन्का लागि ठेक्का दिएका हौ,’ शाखा प्रमुख घर्तीले भने – ‘अख्तियारको टोलीले पनि आईइइ रिपोर्ट हेर्नका लागि भन्दै लगेको छ ।’

यता अख्तियारका नेपालगंज प्रमुख गणेस गैरेले उजुरीका आधारमा अध्यनका लागि आईइइ फाईल झिकाएको बताए । ‘उजुरी आएपछि हाम्रो टोलीले हिजो ग्वारखोलाको अनुगमण पनि गर्यो,’ प्रमुख गैरेले भने–‘त्यसपछि आईइइ रिपोर्ट कस्तो रहेछ त भनेर अध्यनका लागि ल्याएका हौं ।’

-फोटो  :नयाँ युगबोध