प्यूठान,
२९ जेठ । प्यूठानमा गाई काटेको आरोपमा बिहीबार ३ जना पक्राउ परेको छन् । प्यूठान नगरपालिका–६ माझकोट लम्छ्याङनेटाका ३ जनालाई गाई काटिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय झुपासिंह रोकामगर, देवी घर्तीमगर, भवी पुनमगर पक्राउ परेको नगरपालिका–६ का वडासदस्य ईश्वरबहादुर घर्तीमगरले जानकारी दिए । पाल्न भनेर लिएको दुहुनो गाई झुपासिंह रोकाको घरमा काटेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको घर्तीले बताए ।
उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले बताए ।