२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

कारागारमा नाचगान गरेर सुतेका कैदीको मृत्यु

प्युठान, 
२९ जेठ । जिल्ला कारागार प्युठानमा रहेका एक कैदीको बुधबार मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिकाका ७२ वर्षीय खगिराम राम्जालीमगरको मृत्यु भएको हो ।

कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका राम्जालीको उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजाँदै गर्दा बेलुकी ९ बजेतिर बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उनको मृत्युको कारण खुलेको छैन । प्रहरीका अनुसार बेलुकी खाना खाएर अन्य कैदीबन्दीसँगै नाचगान गरेका राम्जाली सुत्ने बेला एक्कासि काँप्दै ढलेका थिए ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा राखिएको छ । कर्तव्य ज्यान मुद्दामा २०७२ साउन १७ देखि कारागार चलान भएका राम्जालीलाई अदालतले १५ वर्षको सजाय सुनाएको थियो । कारागारमा उनीसहित ६१ जना थिए ।