२०७९ चैत्र ५ गते आइतवार
२०७९ चैत्र ५ गते आइतवार

रोल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

रोल्पा, 
२९ जेठ । भेरी अस्पताल नेपालगन्जबाट कोरोना परिक्षण गरिएका स्वाबका नमुना मध्ये बिहिवार रोल्पाका थप १४ जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालका अनुसार रोल्पाका एउटै पालिकाका १४ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिवार थपिएका नयाँ संक्रमितहरुमा रोल्पा सुनिलस्मृती गाउँपालिका वडा नम्बर ४ का २७, १६, ३०, १८, ७, २२, २४ बर्षका पुरुष र ४४ बर्षिया एक महिला त्यसैगरी, वडा नम्बर ७ का १७ बर्षिय एक पुरुष र वडा नम्बर ८ का २३, ३२, १९, १८ र २१ बर्षका पुरुष रहेका छन ।