२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

‘आरडिटि होइन, पिसिआर परिक्षण बढाऔं’

नेपालमा वारेन्टिनमा दिन प्रति दिन मानिसको मृत्यु भइरहेको छ । क्वारेन्टिनको माप दण्ड नै नपुगेका कुराहरु आइरहेका छन । क्वारेन्टिनमा रहेका मानिसलाइ आरडिटि मात्र गरी घर पठाउँदा सुर्खेतमा एक जनाको ज्यान गयो र पछि उनमा कोरोना पुष्टि पनि भयो, त्यस्तै डडेल्धुरामा क्वारेन्टिनमा रहेकी एक महिला बेहोस हँदा पिपिइ बिनाको एम्बुलेन्स आए पनि एम्बुलेन्समा राख्न कसैले नमान्दा उनको त्यहि ज्यान गयो ।

कमसेकम क्वारेन्टाइन मा एक जना स्वास्थ्यकर्मी पिपिइ सहित, एक दुर्इजना स्वयंसेवक पिपिइ सहित, प्रत्येकमा नसकेनी दुर्इवटा क्वारेन्टाइनको बिचमा एउटा एम्बुलेन्स पिपिइ सहित २४ सै घण्टा तयारी अबस्थामा हुनुपर्छ । क्वारेन्टाइनमा राखेको पहिलो दिन मै सबैको लक्षण देखिए पनि नदेखिएपनी, बिरामी भएपनी नभएपनी पिसिआर परिक्षणको लागि स्वाब संकलन गर्नु पर्ने हो ।

अस्पतालमा पनि पुर्ण पिपिइ सबैले लगाउनु पर्दछ, ताकी कोहि इमर्जेन्सी केस आइहाल्यो र उसलाई कथम कदाचित कोरोना रहेछ, भने पनि स्वास्थ्यकर्मीमा नसरोस, किनकी कोरोना हुन सक्छ वा कोरोना छ भन्दैमा स्वास्थ्यकर्मीसंग पिपिइ नभएकै कारण उपचार गर्न नमान्ने र उक्त बिरामीको ज्यान जाने अवस्था नआओस । कतै कोरोनाबाट मृत्यु भएकाहरुको शब ब्यबस्थापनमा अबरोध भइरहेको छ, कतै कोरोना परिक्षणका लागी संकलन गरिएको ब्यक्तिको स्वाब नै हराएका खबर छन । सबै भन्दा अचम्म त नेपालमा के भो भने मानिसको मृत्यु पछि मात्रै स्वाब संकलन गरी परिक्षण गरिन्छ । तर पनि सरकार भन्छ कोरोना नियन्त्रणमा अद्भुत काम भएको छ, र १० अरब खर्च भएको छ, जुन पैसा संघ, प्रदेश र स्थानिय तहसम्म पुगेको छ । तर उता झापाका एक वडा अध्यक्ष भन्छन, ‘हामिलाइ एक पैसा पनि आएको छैन त्यसैले हामिले क्वारेन्टिनमा बसेकाहरुसंग शुल्क उठाएका हौं’, अनि सरकारले दाबि गरेको १० अरब कहाँ गयो त ?

देश भद्रगोल अबस्थामा छ र पनि प्रधानमन्त्री भने आफ्नै ढिपि छोढ्दैनन, अझ भन्छन कि मृत्यु भएका सबै कोरोनाले होइन भनेर । यदि लकडाउन गर्दा सुरुमै भारत लगाएत अन्य देशबाट नेपाल फर्किन चाहने जतिलाइ त्यतिबेलै स्वदेश फिर्ता गरेको भए आज नेपालमा बाह्य सिमा बन्द गरेर आन्तरिक रुपमा स्वास्थ्य सतर्कता अपनाएर लकडाउन खोल्न सकिन्थ्यो, तर सरकारले तेसो गरेन । बरु भारत लगायत अन्य देशमा रहेका नेपालीलाइ पर्ख तिमिहरुलाइ अझै कोरोना लागेको छैन कोरोना लागेपछि मात्र नेपाल फिर्ता ल्याउला भने जस्तो गरि बस्यो । जसको कारण आज नेपालमा यो स्थिति आएको हो । सरकार अझै पनि ब्यबस्थित गर्न सकिन्छ । विज्ञका सल्लाह मानेर अगाडि बढ्नु पर्दछ ।

मलेसियादेखी नेपाल सम्मको चार्टर उडानको टिकट दर अमेरिकि डलर ५५० अर्थात ६२ हजार ५ सय रुपैयाँ बराबर तय गरिएको छ । यस्तै हवाइ यात्राका लागी कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य छ । नेपालमा होटेल क्वारेन्टिनको खर्च पनि ब्यक्तिगत र यातायात खर्च पनि ब्यक्तिगत । अन्य देशहरुको लागी पनि यहि नियम लागु हुने भनिएको छ । नेपालमा भरखर लकडाउन सुरु हुँदा बिदेशमा अलपत्र पर्न लागेका वा घर फर्किन भनेर टिकट लिएका कम्पनिले निकालिदिएका, कम्पनी बन्द भएका, भिजिटमा गएका सबैलाइ तेतिबेला नै नेपाल जान दिएको भए तेतिबेलाको जहाज टिकट बढिमा २५ देखि ३० हजारको टिकट लिएका थिए त्यहि टिकटमा नेपाल फर्किन पाउँथे । अब अहिले दुख पाएका नेपालीहरु अलि अलि भएको पैसा पनि सकिएको अबस्थामा पैसा हुने मात्रै नेपाल जान पाउने अबस्था भयो । यो कसरी उद्दार भयो ?

आखिरमा यसरी उद्दारको नाममा उल्टै नागरिकलाई दुख दिने कस्तो खालको सरकार । यता भारतबाट आउनेमा धेरै कोरोना देखियो भनेर उनिहरुलाइ हेलाको दृष्टिले हेरीएको छ । जहाँ धेरै संक्रमण छ, तेहाँबाट आएका नागरिकमा कोरोना हुनु स्वभाविक होइन र ? अनि के उनिहरु भारत बाट आएका भन्दैमा टिपरमा बोक्ने र कर्णालीमा खसाइदिने ? यसैपनि उनिहरु हजारौं पैसा खर्च गरेर बसमा खाँदिएर आएका हुन कति दुखले आाएका नागरिकलाई नेपालमा कोरोना ल्याउने यीनै हुन जस्तो गर्ने ? उनिहरु आउदा संक्रमित हुन सक्छन, त्यो त सामान्य कुरा हो तर उनिहरुको उचित ब्यबस्थापन पो हुनु पर्दछ त ।

लकडाउन खुकुलो मात्रै बनाएर हुँदैन पिसिआर टेस्टको दायरा बढाउनु पर्दछ । सूदुरपश्चिममा चाप बढि हुँदा टेस्ट नै बन्द गर्नू पर्ने अबस्था आयो । लकडाउन गरेकै ८० दिन हुँदा पनि सरकारको तयारी चै के ? हाम्रा प्रमलाई स्याल मार्न जाँदा बाघ मार्ने तयारी गर्नु पर्छ भन्ने उखान त था हुनु पर्ने । आजको यो दिन आउला भनेर त ३ महिना पहिले नै पूर्वानुमान गरिनु पर्ने हो । अनि अब पनि फेरी तिन महिना मा के कस्तो स्थिति आउँछ र त्यसको तयारी के गर्नु पर्छ ? त्यो अहिले योजना बन्नु पर्दछ ।

हुनत यी कर्कट पाता खाएका, त्रिपाल खाएका, मेलम्चिको सुरुङ खाएका, महाकाली खाएका, कोरोनाको किट खाएका, उड्ने जहाज खाएका, तेल, निगम र सुन खाएका अनी एनसेलको कर खाएकाहरुसंग यो भन्दा राम्रो को के आशा राख्नु र । धन्न कैले भुकम्प कैले कोरोना कैले बाढी आइदिन्छ र देशलाई बेबकुफ बनाईरहेका छन् ।

भानुभक्त क.सी.
दाङ
(हाल युएई)