घोराही,
२९ जेठ । दाङ निर्माण ब्यबसायी संघका महासचिब सोकबहादुर रोका मगरले आज एक प्रेस बिज्ञप्ति जारी गरेर गढवा गाउँपालिकाको जेठानगाउँमा अज्ञात समुहबाट भएको पाँचवटा स्काभेटर आगजनी भएको घटनाप्रती गम्भिर ध्यानाकर्षण भएको जनाँउदै यस्ता हिंसात्मक घटनाले कोरोनात्रास बिचमा बिकास निर्माणमा लागि रहेका निर्माण ब्यबसायीलाई हतोत्साहीत गर्ने काम भएको बताएका छन ।
ब्यबसायीक रुपमा निर्माण ब्यबसायीलाई काम गर्ने बाताबरण बनाइदिन संघले सरकारलाई आग्रह गरेको छ । महासचिब रोकाले आगजनी घटनामा सलग्न दोषिलाई कानुनी दायरामा ल्याइ तत्काल कारबाही गर्न माग गरेका छन । भौतिक पुर्बाधार निर्माणको क्षेत्रमा सकृय ब्यबसायीहरुलाई हतोत्साहीत गर्न पटक पटक अज्ञात समुहबाट भएको हिंसात्मक घटनाप्रती दुख ब्यक्त गर्दै यस्तै कानुनि बिपरितका काम जारी रहे दाङसहित देशभरका निर्माण कार्य ठप्प पारी दाङ निर्माण ब्यबसायी संघले शसक्त आन्दोलनमा जान बाध्य हुने उनले चेतावानी दिएका छन् ।
तत्काल दोषिलाई पक्राउ गरि कडाभन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनिलाई क्षतिपुर्ति दिन जोडदार माग रोकाको छ । साथै संघले देशभरका निर्माण ब्यबसायी र उनिहरुका उपकरण सुरक्षा भरपर्दो ब्यबस्था मिलाउन पुनः एकपटक सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।