२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

प्रदेश ५ मा ४ वटा पिसिआर मेसिन थप हुँदै

बुटवल,
२९ जेठ । प्रदेश नम्बर ५ मा कोरोना परिक्षणका लागि चारवटा पिसिआर मेसिन थप हुने भएको छ ।

५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहिबार आफ्नो फेसबुक पेज मार्फत प्रदेशमा थप चारवटा पिसिआर मेशिन जडान गर्न लागेको जनाएका हुन ।

उनले पिसिआर परिक्षणको दायरा बढाउ भनेर आन्दोलन गर्नु नपर्ने भन्दै यो परिस्थितिले बाध्य बनाएको अवस्था भएकाले प्रदेशमा थप चारवटा पिसिआर मेशिन जडान हुने जनाएका छन ।

५ नम्बर प्रदेशमा अहिले प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ र भेरी अस्पताल नेपालगन्जबाट गरी तीन ठाउँबाट पिसिआर मेशिनबाट कोरोना परिक्षण हुँदै आएको छ ।