२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

एसईई परीक्षाको रिजल्ट एक महिनापछि प्रकाशन हुने

काठमाडौं, 
२९ जेठ । विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता एक महिनामा प्रकाशन हुने भएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण परीक्षा सञ्चालन गर्न नसकिने भएपछि सरकारले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक महिनाभित्रमा सबै काम सम्पन्न गरी नतिजा प्रकाशन गरिने बताएका छन् । विद्यालयले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तरिक मूल्याङ्कनको विवरण पठाउनुपर्ने छ । इकाइले राष्ट्रिय परीक्षा बोर्डमा विद्यालयहरुले पठाएको विवरण पेश गरेपछि कार्यविधिअनुसार नतिजा प्रकाशन गर्ने छ ।

विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तह र एसईई सञ्चालनको जिम्मा प्रदेश सरकारलाई छ । यद्यपि, महामारीको समयमा व्यवहारिकतालाई ध्यान दिँदै बोर्डले आवश्यक कार्यविधि बनाएर परीक्षाफल प्रकाशन गर्ने मन्त्री पोखरेलले बताए ।

अहिले तीन हजारभन्दा बढी विद्यालयहरु क्वारेन्टाइनका रुपमा प्रयोग भएको र संक्रमणको जोखिम आगामी दुई महिना बढ्न सक्ने आँकलन भइरहेका बेला सरकारले एसईई परीक्षाको सवालमा यस्तो निर्णय गरेको मन्त्री पोखरेलले बताए । उनले खरिदार, नेपाल प्रहरी, नेपाली सेना, उच्च शिक्षा अध्ययनको आधार एसईई भएकाले राष्ट्रिय परीक्षा बोर्डबाट नै प्रमाणीकरण भएर नतिजा प्रकाशन हुने बताए ।