दाङ,
३० जेठ । सामाजिक सञ्जालका माध्यमबाट सरकारको विरोध गर्दै आएका युवाहरु शुक्रवार सडकमा निस्किएर सरकारको शान्तिपूर्ण रुपमा विरोध गरेका छन् ।
स्वतस्फुत रुपमा सडकमा निस्किएका युवाहरुले दाङ घोराहीको तुलसीपुर चोकमा जम्मा भएर सरकारलाई कोरोनो परिक्षणको दायरा बढाउनदेखि भष्ट्राचार नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका थिए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको समयमा सरकारले कोरोना परिक्षणलाई व्यापक बनाउन नसेको र लकडाउनका क्रममा कर उठाउन खोजेर व्यवसायीलाई दुःख दिने काम गरेको लगायतका लेखिएका प्लेकार्ड बोकेका थिए ।
उनीहरुले ‘१०० प्रतिशत पिसिआर परीक्षण गराउनुपर्ने, क्वारेन्टाइनलाई सुरक्षित र त्यहाँ बसेकालाई पौष्टिक आहारको व्यवस्था गर्नुपर्ने, मजदुर तथा विपन्न वर्गकाहरुलाई राहत दिनुपर्नेलगायतका नाराहरु थिए ।
त्यस्तै अव त अति भो, गरि खान दे सरकार, सरकारको सरोकार कार्पेट होइन पिसिआर, लकडाउन अवधिको तीन महिनाको घर भाडा निशुल्क गर्नुपर्ने, अस्पतालबाट बिरामीलाई डिस्चार्ज गर्नुअघि अनिवार्य रुपमा पिसिआर परीक्षण गर्नुपर्ने, देशको हित विपरित बोल्ने सांसद सरिता गिरीलाई कारवाही गरिइनुपर्ने, नयाँ बजेटमा समावेश गरिएको एमसिसी शव्द हटाउनुपर्ने, भारतले मिचेको नालापानी, कालापालगायतको भुभाग फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्नेलगायका नारा बोकेका प्लेकार्ड बोकेर घोराहीमा प्रदर्शन गरेका हुन ।
चौधरी गल्लीबाट तुलसीपुरचोकसम्म उनीहरुले प्रदर्शन गरेका थिए । उनीहरु सामाजिक दुरी कायम गर्दै प्रदर्शन गरेका थिए ।