२०७९ फाल्गुन २६ गते शुक्रवार
२०७९ फाल्गुन २६ गते शुक्रवार

मामाघर गएका बालकको नहरमा डुबेर मृत्यु

नेपालगन्ज, 
३० जेठ । सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरमा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैसास्थित नहरमा डुबेर रोल्पा सुनछहरी गाउँपालिका घर भइ हाल पाल्पा तानसेन नगरपालिका ५ बस्दै आएका ११ वर्षीय आशिष पुनको मृत्यु भएको हो ।

मावली बज्यैको बितेपछि चोखिने कार्यक्रम रहेकाले आमासँग शुक्रबार मामाघर आएका बालक स्थानीय बालबालिकासँगै नहरमा नुहाउन जाँदा दिउँसो १२ बजे डुबेको थियो ।

बालक पानीमा डुबेपछि उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल कोहलपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी नायव निरीक्षक पुस्करराज जोशीले बताए ।